दिउसोसम्म देशभर ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ००


आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिनुभएको हो।

साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्