देशभर शान्तिपूर्णरुपमा मतदान जारी

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : २९


प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ।

आज बिहान ७ बजेबाट देशभर थालनी भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। अहिले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

देशभर १० हजार आठ सय ९२ मतदानस्थल छन्। २२ हजार दुई सय २७ मतदान केन्द्र छन्। ती मतदान केन्द्रबाट एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्दैछन्।

त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताको निम्ति एक सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ। चार लाख ५० हजार अस्थायी मतदाता छन्।

प्रतिनिधि सभा निर्वाचनका लागि दुई हजार चार सय १२ र प्रदेश सभाका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

 


प्रतिक्रिया दिनुहोस्