भिआईपी क-कसले गरे ७ बजे मतदान?

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : २०


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गर्नुभएको छ। उहाँले चितवनको निर्वाचन क्षेत्र नम्बर ३, शिवनगरस्थित मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको बताइएको छ।

त्यसैगरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थली मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। उहाँहरु सबैले बिहान ७ बजे मतदान गर्नुभएको हो।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भर्खरै मतदान गर्नुभएको छ ।

उहाँले रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको बताइएको छ । नेपाल पत्नी गायत्रीले पनि सोही मतदान केन्द्रबाट भोट हाल्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्