दीपक निरौला मेरै निम्तोमा घर आउनुभएको हो, पैसा बाँडेको हल्ला झुटः तोकमान लामा

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : ५४


नेकपा (एमाले)बाट काठमाडौं ५ (ख) का उम्मेदवार दीपक निरौलाले आफूलाई पैसा दिएको भन्दै समाचार आएको बूढानीलकण्ठ( ६ का तोकमान लामाले आपत्ति जनाएका छन।

शुक्रबार साँझ निरौला सहित एमालेका ३ नेता पक्राउ परेको खबर सञ्चार माध्यममा आएको थियो।

एक भिडियोमा उनले बताएअनुसार, आफ्नै निम्तोमा उम्मेदवार निरौला लामाको घरमा पुगेका थिए ।

उनले आफू क्यान्सरपीडित भए पनि आर्थिक रूपमा कमजोर नभएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्