पैसा बाडँदा पक्राउ परेका एमाले उम्मेद्वारबारे ईश्वर पोखरेलको सचिवालयद्वारा खण्डन

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : १२


काठमाडौं । शुक्रबार साँझ काठमाडौंको हात्तिगौडाबाट मौन अवधिमा मैसा बाँडेको आरोपछि नेकपा (एमाले)का प्रदेशसभा उम्मेद्वार सहित ३ जना पक्राउ परेका थिए।

काठमाडौं क्षेत्र नं.५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेलको सचिवालयले भने शुक्रबार राति भएको घटनाको खण्डन गरेको छ।

निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार बेलुका भएको घटनामा प्रहरी प्रशासनकोसमेत दुरुपयोग गरिएको दाबी गरेकी छन्।

विज्ञप्तिमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ। ‘नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ ९२० का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौला, बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल शुक्रबार साँझ बुढानिलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जानु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘लामाको घरमा गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनि बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’


प्रतिक्रिया दिनुहोस्