पैसा बाँडेको आरोपमा एक उम्मेद्वार सहित ३ जना पक्राउ

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ०१


मौन अवधिको उल्लंघन गर्दै पैसा बाँडेको आरोपमा एक प्रदेशसभा उम्मेद्वार पक्राउ परेका छन्।

प्रकाउ पर्नेमा नेकपा एमालेबाट काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौला छन्।

निरौलासहित ३ जनालाई काठमाडौंको हात्तिगौडा क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन्। उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अहिले अनुसन्धान गरिररहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्