चितवन क्षेत्र नं २ का उम्मेद्वार रहेका रवि लामिछानेले आगामी निर्वाचनमा जिते फेरि निर्वाचन हुने सम्भावना बढेको छ।
उनले उम्मेद्वारी दिँदा पेश गरेको नागरिकता अवैध रहेको खबर आइरहँदा आयोगले सो कुरा स्पष्ट पारेको छ।
हाल जिल्ला निर्वाचन कार्यालय चितवनमा रवि विरुद्ध अवैध नागरिकता पेश गरेर उम्मेद्वारी दिएको भन्दै उजुरी परेको छ।
रविले पनि अवैध नागरिकता लिएर नै आफूले उम्मेद्वारी दिएको स्वीकारी सकेका छन्। उनको उजुरीबारे पक्रिया पुर्याएर निर्णय हुन अझै बाँकी छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार सम्बन्धित मूख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई ७ दिनको समय सीमा दिएर स्पष्टीकरण सोधेको छ।
स्पष्टीकरणको जवाफ आइसकेपछि आयोगले थप अनुसन्धान गरेर निर्णय गर्नेछ। कानूनअनुसार अयोग्य ठहरिएमा निर्वाचनको परिणाम आइसकेपछि पनि कारवाही हुने छ।
मतदान अगाडि नै निर्णय हुन नसके रविले निर्वाचन जितेमा सो नतिजा खारेज गरेर निर्वाचन आयोगले उप-निर्वाचन गर्ने छ।
नागरिकता अवैध रहेको प्रमाणित भए उनी पार्टीको सभापति पनि नरहने आयोगले बताएको छ।