‘प्रकाशमान हराउ’ अभियानको समर्थन रविन्द्र मिश्रलाई, साहुले पारे उम्मेद्वारी निष्क्रिय

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  २ : १८


काठमाडौं-१ का लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहलाई हराउने उद्देश्यका साथ साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन्।

उनले उम्मेदवारी निष्क्रिय पार्दै पहिलो नम्बरमा रवीन्द्र मिश्र, दोस्रोमा रमेश खरेल, तेस्रो किरण पौडेल र चौथो पुकार बमलाई समर्थन गर्ने जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्