गण्डकीका कानुनमन्त्री थापा पैसा बाँडेको आरोपमा समातिए

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ४०


गण्डकी प्रदेशका कानुनमन्त्री एवं कास्की २ (२) का उम्मेदवार विन्दुकुमार थापालाई पैसा बाँड्न आएको भन्दै समातिएका छन् । पोखरा–१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले साँझ साढे सात बजे नियन्त्रणमा लिएका हुन्।

उनलाई सुरक्षा रोहबरमा आजलाई छोडिएको छ । कास्की २ का मुख्य निर्वाचन अधिकृत दयाराम अधिकारीले बिहीबार थप छलफल गर्ने बताएका छन्।

पोखरा महानगरपालिका १६ स्थित मातृशिशु अस्पताल पछाडि टोलमा मन्त्री थापा साँझ छिरेका थिए। अर्बपति व्यापारीसमेत रहेका थापा कास्की २ को क्षेत्र नम्बर २ बाट प्रदेश सभाका उम्मेदवार छन्।

मन्त्री थापालाई करीव डेढ घण्टापछि कास्की प्रहरीले स्थानीयको नियन्त्रणबाट छुटाएर सुरक्षित लगेको छ ।


प्रतिक्रिया दिनुहोस्