प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ११


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ।

भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो।

उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ।

मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन्।

विष्फोटबाट १ जना घाइते भएका छन्। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्