नागरिकताको विवाद ४ बर्ष अघि नै सल्टाइसके, फेरि के जवाफ दिउँ?: रवि लामिछाने

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : ०८


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले नागरिकताको बिषयको विवाद सल्टाइसकेको बताएका छन्।

सामािजक सञ्जाल मार्फत उनले नागरिकताका विषयमा चार वर्षअघि नै सल्टाइसकेको बताउँदै अहिले अनेक खालको प्रपञ्च भइरहेको बताए।

‘यी सबै फण्डाको उत्तर दिने समय मंसिर ४ गते हो’, उनले भने। साथै उनले निर्वाचन आयोगमा परेको उजुरीबाट कतै विचलित नहुन आग्रह गरेका छन्। चितवन–२ मा लामिछानेसँगै एमालेका कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठसँग प्रतिस्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस्