स्वतन्त्र उम्मेदवारले गरे काँग्रेस उम्मेद्वारलाई समर्थन

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : ०८


कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार गणेश जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कांग्रेसलाई समर्थन गर्नुभएको छ।

नेपाली कांग्रेसका सङ्घीय उम्मेदवार अभिषेकप्रताप शाहलाई जिसीले समर्थन गर्नुभएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसीले जानकारी दिनुभयो।

चुनावी अभियानलाई निष्क्रिय बनाई शाहलाई समर्थन गरेका पौडेलले बिकास र समृद्विको अभियानमा आफ्नो साथ कांग्रेसलाई रहेको जानकारी दिनुभयो।

जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाइ शाहलाई समर्थन गरेसँगै कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ मा चुनावी प्रतिस्पर्धा झनै कडा हुने देखिएको छ।

जिल्लाको यस क्षेत्रमा नेपाली कांग्रेसका शाह, नेकपा एमालेका मङ्गलप्रसाद गुप्ता र जनता प्रगतीशील पार्टीका इश्वरदयाल मिश्रा, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरिया, जनमत पार्टीका नरसिंह चौधरी प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिनुभएको छ।रासस


प्रतिक्रिया दिनुहोस्