प्रदीप खड्कालाई भारतमा डेब्यु अभिनेताको अवार्ड

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : १०


अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन्।

आइतबार बेलुका सम्पन्न भएको फेस्टिभलमा उनले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन्।

अभिनेता खड्काले आफूले अवार्ड पाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।

उनले फेसबुकमा अवार्डको तस्बिर सार्वजनिक गर्दै आयोजकलाई धन्यवाद दिएका छन्।


प्रतिक्रिया दिनुहोस्