रायमाझीले जिते सिटी एक्सप्रेसको बम्पर उपहार ५ तोला सुन

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ३८


सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ५ तोला सुन विजेताको नाम घोषणा गरेको छ।

कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने जिवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका बताएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो।


प्रतिक्रिया दिनुहोस्