हिताची माईक्रोवेभ ओभन चार भेरियन्ट सहित बजारमा, कति पर्छ मूल्य ?

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ०६


काठमाडाैं । युनिभर्सल इलेक्ट्रोकम प्रालिले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ ।

चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुनेछ ।

हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्दछ । साथै, हिताचीले यी माइक्रो ओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

डिजिटल ग्रिल माइक्रोवेभ ओभनका दुई मोडल एचएमआर–डीजी २३१२ र एचएमआर–डीजी २०१२ ओभन क्षमता २३ लि. र २० लि. मा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

डीजी २३१२ मा पुल–ओपन मिरर ग्लास फ्रन्ट डोर र आईनोस फ्रेम ह्यान्डलको साथ आधुनिक र सुविधाजनक डिजाइन समावेश गरिएको छ ।

यसको मूल्य २४ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

IME BANK INNEWS

यसको डिजिटल डिस्प्ले प्यानल प्रयोग गर्न सजिलो छ किनकि यसमा बारम्बार प्रयोग हुने कार्यहरूको सूची समावेश गरिएको कम्पनीले जनाएको छ ।

यसमा ग्लास ट्रे र ग्रिल र्‍याक छ ।

५ माइक्रोवेभ लेभल– ८ प्रि–सेट कुकिंग मेनु, समय र तौल अनुसार डिफ्रोस्ट, मल्टी–स्टेज कुकिंग, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, अटो रिहिट आदिको साथमा मल्टिफङ्शनल छ ।

कम्पनीका अनुसार, यसको ८ प्रि–सेट अटो–कुक मेनुले समय बचत गर्न मद्दत गर्छ ।

भान्साकोठा र खानाको लागि पकाउने समय स्वचालित रूपमा सेट गरेर निरीक्षण गर्न आवश्यक पर्दैन ।

एचएमआर–डीजी २०१२ मा कम्प्याक्ट डिजाइन र घडीको साथ ठूलो डिजिटल एलईडी डिस्प्ले जडान छ ।

यसको मूल्य १९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यसको ग्लास फ्रन्ट डोर, ग्लास ट्रे प्रयोग गर्न र सफा गर्न सहज छ ।

यसमा ६ माइक्रोवेभ लेभल, वन टच ९ अटो कुकिंग प्रि–सेट, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, वजन द्धारा डिफ्रोस्ट र समय, अटो रिहिट, चाइल्ड सेफ्टी लक, मल्टिस्टेज कुकिंग, क्विक स्टार्ट आदि जस्ता उत्कृष्ट सुविधाहरू छन् ।

हिताची डिजिटल माइक्रोवेभ ओभनले एकै समयमा ग्रिल र माइक्रोवेभको संयोजनमा कार्यहरू गर्दछ जसले खानालाई स्वादिष्ट र क्रिस्पी बनाउनुका साथै भान्साको बहुमूल्य समय बचत गर्दछ ।

यसबाहेक, यी नवीन माइक्रोवेभ ओभनहरू क्रमशः कालो र सिल्भर कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

मेकानिकल माइक्रोवेभ ओभनः

मेकानिकल माइक्रोवेभ ओभन–मोडेल कोड एचएमअरा एम२००२ २० लि. ओभन क्षमतामा उपलब्ध छ ।

यो कम्प्याक्ट डिजाइनमा उपलब्ध भएकाले सानो, शक्तिशाली र कुशल हुनुका साथै भान्साको ठाउँ धेरै आगट्दैन ।

कम्पनीका अनुुसार, यो मेकानिकल माइक्रोवेभ ओभन सञ्चालन गर्न सजिलो छ त्यसैले यो प्रयोगकर्ता मैत्री छ ।

यसले पुनः तताउने कार्य छिटो र सहज रूपमा खानालाई डिफ्रोस्ट गर्ने सुविधा दिन्छ ।

यसमा सजिलै सफा गर्नको लागि ग्लास ट्रेको साथ मेकानिकल कन्ट्रोल प्रणाली राखिएको छ । यो किफायती मूल्य र कालो रंगमा उपलब्ध छ ।

कन्भेक्सन माइक्रोवेभ ओभन– मोडल कोड एचएमआर–डीसी ३२१२३२एल ३२ लि. ओभन क्षमता डिसेम्बर २०२२ सम्ममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो अगाडिको बाहिरी भागमा स्टेनलेस स्टीलका साथ आधुनिक टच र सजिलै सफा गर्न, मिरर ग्लास र स्टेनलेस स्टील क्याभिटीेका साथ डिजाइन गरिएकोे छ ।

यसको मूल्य १५ हजार ९९९ रुपैयाँ रहने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्