ईश्वर पोखरेललाई भोट माग्दै करिश्मा मानन्धर

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : ०२


काठमाडौं । काठमाडौं क्षेत्र नं ५ बाट उम्मेद्वारी दिएका एमाले उपाध्यक्ष ईश्वर पोखरेलको चुनावी प्रचारमा चर्चित अभिनेत्री करिश्मा मानन्धर लागेकी छन्।

पछिल्लो समय उनी पोखरेललाई भोट माग्दै घरदैलोमा निस्किएकी छन्।

उनीसँगै चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि घरदैलोमा सहभागी भएका छन्।

उनीहरु आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिए।

आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको बताइन्।


प्रतिक्रिया दिनुहोस्