दराज ११:११ मा होनरको आकर्षक अफर

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : २२


काठमाडौं । होनर को आधिकारिक बिक्रेता सेल्ट्रन नेपालले दराज ११:११ को अवसर मा विभिन्न प्रकार को आकर्षक अफर हरु लिएर आएको छ।

नोवेम्बेर ११ देखि सुरुवात हुन गईरहेको दराज ११:११ को लागि होनरले छुट तथा उपहारको अफर लिएर आएको हो।

११:११ को मुख्य आकर्षण फ्रि गिफ्ट्स हो । त्यसैले, होनर नेपाल आफ्ना फोन खरिदमा आकर्षक निस्शुल्क उपहार दिएर मानिसहरूलाई आकर्षित गर्न अगाडि आएको छ।

HONOR X7, HONOR X8 वा HONOR 50 Lite को कुनै पनि खरिदमा HONOR Earbuds X3 Lite नि:शुल्क पाउनेछन् साथै HONOR X9 को खरिदमा HONOR ब्यान्ड 6 नि:शुल्क पाउनेछन्।

साथै, होनर नेपाल ले आफ्ना Accessories मा पनि आकर्षक छुट दिएको छ । रु. ५,४९० मूल्य को HONOR Earbuds X3 Lite मात्र ४४९० मा प्राप्त गर्न सकिनेछ भने रु. ६,४९० मूल्य को HONOR Band 6 मात्र रु. ५,४९० मा प्राप्त गर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस्