दाइजोमा काठमाडौंमा घर नदिएको भन्दै श्रीमतीसँग डिभोर्स माग्दै यी डाक्टर

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : ४२


काठमाडौं। महोत्तरीकी एक युवतीले आफूलाई श्रीमानले दाईजोको निहुमा डिभोर्सको दबाब दिइरहेको भन्दै न्यायका लागि अपिल गरेकी छन्।

काठमाडौंकै ग्राण्डी अस्पतालमा जागिरे रहेका ती डाक्टरसँग आफ्नो ८ महिनाअघि बिहे भएको र अहिले भने दाईजोको बिषयलाई लिएर आफूलाई सम्बन्ध बिच्छेद गर्न दबाब दिइरहेको बताएकी छन्।

ती महिलाले आफ्नो परिवारले दाइजोमा गाडी, २० तोला सुन सहित १ करोड २५ लाख खर्च गरेर विवाह गर्दा पनि दाइजो नपुगेर कुटपिट सहित सम्बन्ध बिच्छेद गर्न लगाइरहेको उल्लेख गरेकी छन्।

सामाजिक सञ्जाल मार्फत उनले न्यायका लागि अपील गरेकी छन्।

 


प्रतिक्रिया दिनुहोस्