मनिषा कोइरालाको अभिव्यक्तिप्रति बाबुरामको टिप्पणीः गणतन्त्र उल्टिदैन

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : ००


काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइराला राजसंस्थाको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी प्रचारसभामा खुलेपछि अहिले कथित गणतन्त्रवादीहरु उनको विरोधमा उत्रेका छन्।

नेपालको संविधान २०७२ ले हरेक नागरिकलाई स्वतन्त्रताको अधिकार दिएपनि राजसंस्थाको कुरा गर्ने वित्तिक्कै गणतन्त्रवादीहरु एकजुट भइहाल्छन्।

मनिषा कोइरालाले राजतन्त्रको पक्षमा बोलेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। उनले सेलिब्रेटीका यस्ता आह्वानलाई महत्व नदिन समेत अपील गरेका छन्।


प्रतिक्रिया दिनुहोस्