जिम गर्दा गर्दै हृदयघात भएपछि भारतीय अभिनेता सिद्धान्तको मृत्यु

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ३०


जिमगर्दा गर्दै हृदयघात भएपछि भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको मृत्यु भएको छ।

४६ वर्षीय सिद्धान्त जिममा कसरत गरिरहेका बेला एक्कासी ढलेपछि कोकिलाबेन अस्पताल पुर्‍याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसअघि कमेडियन राजु श्रीवास्तवलाई पनि जिममा कसरत गर्ने क्रममा हृदयघात भएको थियो।

सिद्धान्त वीरले टिभीका चर्चित सिरियल कुसुम, कसौटी जिन्दगी के, किन रिश्तों मे कट्टी बत्ती र जिद्दी दिल माने नामा काम गरिसकेका छन्।

उनले कुसुम, कसौटी जिन्दगी के, कृष्ण-अर्जुन, जमीं से आस्मान तक, क्या दिल मे है, गृहस्थी जस्ता धेरै टिभी सिरीयलमा काम गरेसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्