त्रिविका सबै क्याम्पसमा मंसिर १ देखि ५ गतेसम्म बिदा

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : ५०


चुनावका लागि त्रिभुवन विश्वविद्यालयले मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ।

अधिकांश क्याम्पसरकार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पसरकार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्