अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सोमबार भेट्दै

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : ११


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने मिति तय भएको छ।

दुई राष्ट्रपतिबीच इण्डोनेसियाको बालीमा हुने जी २० शिखर सम्मेलनमा आगामी सोमबार भेटवार्ता हुने ह्वाइट हाउसले जनाएको छ।

केही महिनाअघि अमेरिकी सभामुखले चीनको आग्रहलाई लत्याउँदै ताइवानको भ्रमण गरेपछि बढेको तिक्ततापछि दुई मुलुकबीच उच्चस्तरीय सम्वाद अवरुद्ध भएको छ। अमेरिकाले आगामी शिखर सम्मेलनलाई चीनसँग बिग्रेको सम्बन्ध सुधार्न उपयोग गर्ने नीतिअनुरुप राष्ट्रपति सिसँग भेटवार्ता गर्न लागेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्