प्रकाशमानका लागि भोट माग्न निस्किए बाबुराम

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : २७


काठमाडौं क्षेत्र नं १ मा उठेका नेपाली काँग्रेसका उम्मेद्वार प्रकाशमान सिंहको लागि भोट माग्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि खटिएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले गठबन्धनको जित भए मात्रै संविधानको रक्षा हुने बताए।

शुक्रबार काठमाडौँ– १ का गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले गठबन्धनको जित आवश्यक रहेको बताएका हुन्। सिंह देश विकासका लागि सक्षम र अनुभवी नेता भएकाले काठमाडौं–१ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए।


प्रतिक्रिया दिनुहोस्