जेरी र शंंकरले गरे डिभोर्स, जेरी भन्छिन्-‘आँशुको थोपालाई मोति बनाउने कोसिस गर्नेछु’

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ६ : ११


काठमाडौं । लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले आजदेखि औपचारिक रुपमै सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरुले काठमाडौं जिल्ला अदालत पुगेर सम्बन्ध विच्छेद गरेका हुन्।

सम्बन्धविच्छेद गरे पछि बबिताले सामाजिक सञ्जालमार्फत आफ्नो भावना पोखेकी हुन्।

उनले लेखेकी छिन्,‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पा¥यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो ।’

 


प्रतिक्रिया दिनुहोस्