इंग्ल्याण्ड फाइनलमा, १० विकेटले हार्यो भारत

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ४ : ५४


काठमाडौं । आईसिसि विश्वकप क्रिकेटमा भारतमाथि इंग्ल्याण्डले शानदान जित निकालेको भएको छ।

 

बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले पूर्वविजेता भारतलाई १० विकेटले पराजित गर्‍यो । टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको भारतले १६९ रनको लक्ष्य दिएको थियो । भारतका विराट कोहलीले ५० र हार्दिक पान्ड्याले ६३ रन बनाएका थिए ।

इङ्ल्यान्डले १६ ओभरमा विनाकुनै विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । प्रारम्भिक ब्याट्सम्यानद्वय एलेक्स हेल्सले ८६ र जोस बटलरले ८० रन बनाए । उनीहरु अविजित रहँदै आफ्नो देशलाई फाइनलको यात्रा तय गराउन सफल भए ।

इङ्ल्यान्ड पनि प्रतियोगिताको पूर्वविजेता हो


प्रतिक्रिया दिनुहोस्