राष्ट्रपति विद्या भण्डारीलाई आइसल्याण्डमा अवार्ड

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १२ : ४८


राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ। उनलाई महिला राजनीतिक नेतृत्व मञ्चद्वारा आइसल्याण्डमा सो अवार्ड प्रदान गरिएको हो।

राष्ट्रपति भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)को कार्यक्रममा सहभागी छन्। उनलाई उक्त अवार्ड ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)का अध्यक्ष सिल्भाना कोच–मेहरिनले प्रदान गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्