पत्रकार सरोजराज अधिकारी मृत फेला

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : २८


पत्रकार सरोजराज अधिकारी होटलमा मृत अवस्थामा फेला परेका छन्। उनी काठमाडौंको सुन्धारा स्थित एक होटलमा मृत अवस्थामा भेटिएका छन्।

प्रहरीका अनुसार सुन्धारामा रहेको सिद्धार्थ होटलमा अधिकारी मृत फेला परेका हुन्। होटलको ५०२ नम्बर कोठामा उनी मृत भेटिएका हुन्।

उनी तीन दिनदेखि होटलमा बस्न पुगेको जनाइएको छ।

अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन्।

खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको हो। प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अधिकारीले चन्द्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए।


प्रतिक्रिया दिनुहोस्