४८ घन्टे ह्याकाथन आयाेजना गर्दै एस् इन्स्टिच्युट अफ म्यानेजमेन्ट

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : १५


काठमाडौं । एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्तुत गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन ुएस् इग्नाइटु आयोजना गर्ने भएको छ ।

कार्तिक २४ गते देखि २६ गते सम्म कलेजकै प्राङ्गणमा हुने यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको कलेजले दावी गरेको छ ।

उपत्यकाभित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु हुने यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ।

ह्याकाथनबाट प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकी नेपालमै करियर बनाउन सकिन्छ भन्ने विश्वास युवाहरूमा प्रदान गर्न खोजेका कलेजले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्