प्रचण्ड चढेको हेलिकप्टर सल्यानमा आकस्मिक अवतरण

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ११ : ५१


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ।

बिहान सुर्खेतका लागि उडेको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण सल्यानको खलंगामा आकस्मिक अवतरण गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मल्लका अनुसार मौसममा सुधार आएसँगै प्रचण्ड पुनस् सुर्खेत उडेका छन्।


प्रतिक्रिया दिनुहोस्