कस्तो रहला आज दिनभरको मौसम?

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ४४


आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।


प्रतिक्रिया दिनुहोस्