काठमाडौं क्षेत्र नं.१ मा प्रकाशमान सिंहलाई लोसपाको समर्थन

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : १०


काठमाडौं । महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले काठमाडौं क्षेत्र नं १ बाट आफ्नो उम्मेद्वारी फिर्ता लिएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली काँग्रेसका उम्मेद्वार प्रकाशमान सिंहलाई समर्थन गरेका छन्।

सो क्षेत्रको प्रदेश सभा (क)का लोसपा उम्मेदवार रणवीरसिंह क्षेत्रीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै सत्ता गठबन्धनका उम्मेदवार दीपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने बताएका छन्।

उनीहरुले आफ्नो निर्वाचन प्रचार नगरी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने वाचा गरेका छन्। नेपाली काँग्रेस र लोसपाबीच मधेश प्रदेशका विभिन्न ठाउँमा चुनावी तालमेल भएको छ।


प्रतिक्रिया दिनुहोस्