सगरमाथामा क्षेत्रमा भेटियो हिम चितुवा

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : ३३


सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ।

अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।

अमेरिकी राजदूतावासले सो तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सो को जानकारी दिएको छ।

अमेरिकी दूतावासले दिएको जानकारीअनुसार उक्त दृश्य सो क्षेत्रको ५ हजार मीटर अग्लो स्थानमा खिचिएको हो । जलवायु परिवर्तनको असरस्वरुप तापक्रम बढ्दै गएपछि हिमचितुवाहरु पनि अग्लो स्थानमा जान थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्