काठमाडौंका ‘भाइरल वडाध्यक्ष’ मुकुन्द रिजाललाई ५ हजार जरिवाना

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : १७


निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना गरेको छ।

वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं.६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो।

रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो।

रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांश (४) प्रतिकूल हुनेगरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ।

रिलाल काठमाडौं महागरका भाइरल वडाध्यक्ष समेत हुन। केहि समय अघि मेयर बालेन्द साहसँगको विवादका कारण उनी चर्चामा आएका थिए।


प्रतिक्रिया दिनुहोस्