नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु हुँदै

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ११ : १७


नेपाल-भारत संयुक्त सैन्य अभ्यास आजबाट सुरु हुँदै छ। प्रधान सेनापति प्रभुराम शर्मा सो संयुक्त अभ्यासको उद्घाटन गर्न हेलिकप्टरमा काठमाडौंबाट बुटवलतर्फ लागेका छन।

पौने ९ बजे प्रधानसेनापति शर्मा ११ सदस्यीय टोलीसहित सेनाको एनए ०५६ कल साइनको एमआई हेलिकप्टरबाट बुटवल गएको विमानस्थल स्रोतले जनाएको छ।

नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा आजबाट शुरु गर्न लागेको संयुक्त सैन्य अभ्यास “सूर्य किरण” मा उपस्थिति जनाउन प्रधान सेनापति शर्मा र रक्षा सचिव किरणराज शर्माको टोली बुटवल गएका हुन।

सेनाले सार्वजनिक नगरेको उक्त संयुक्त अभ्यासमा भाग लिन भारतीय सेनाबाट एक कम्पनी आइपुगेको छ।

चुनावको मुखमा आयोजना गरिएको उक्त संयुक्त सैन्य अभ्यासको बारेमा अनेक टीकाटिप्पणी भएको छ।

 


प्रतिक्रिया दिनुहोस्