बलात्कारको आरोपमा श्रीलंकाली क्रिकेटर पक्राउ

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : २७


काठमाडौं । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन्।

उनीविरुद्ध २९ वर्षीय महिलाले यौन हिंसा ‘सेक्सुअल एजल्ट’ गरेको आरोप लगाएकी छिन्। घटना अष्ट्रेलियाको पूर्वी सिड्नीमा गत साता भएको दावी गरिएको छ।

टिम बसिरहेको होटलबाट आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको छ। डेटिङ एप्समार्फत सम्पर्कमा आएकी ती महिलासँग धेरैपटक कुराकानी भएपछि गुणथिलाकाले भेटेको समाचारमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्