जसपाको घोषणापत्र: मल कारखाना देखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसम्म (पूर्णपाठ)

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ३ : १८


पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माणको प्रतिबद्धतासहित जनता समाजवादी पार्टी जसपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

काठमाडौंमा आज जसपाले सार्वजनिक गरेको घोषणापत्रमा पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने उल्लेख छ।

कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ। कार्यकारी राष्टपतिले समावेशी रुपमा सक्षम व्यक्तिको छनोट गरी मन्त्रिपरिषद बनाउने जसपाको प्रतिबद्धता छ।

कार्यक्षमताको अभाव र खराब आचरण भएको पुष्टि भए सबै तहका सरकारको पदाधिकारीमाथि प्रत्याहवान गर्न वा महाअभियोग लगाउन सकिने जसपाले बताएको छ।

जनलोकपाल गठन गरी भ्रष्टाचारको अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैङ्गीक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने उसको प्रतिबद्धता छ।

जसपाले आफ्नो घोषणापत्रमा दुई वर्षभित्र नेपालमा रासायनिक मल कारखाना खोल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्