आरजु राणाले भनिन्-‘डडेल्धुरामा हेलिकप्टर चढेर आउनसक्नेलाई जिताउनुस्’

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ११ : २१


काठमाडौं । प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवाले फेरि विवादास्पद अभिव्यक्ति दिएकी छन्।

केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्। यस्तै उनले आफ्ना उम्मेद्वारलाई जिताए फ्रिमा केहि युवालाई मलेसिया पठाइदिने बताइन्।

उनै आरजु फेरि अभिव्यक्तिका कारण विवादमा तानिएकी छन्। आफ्ना पति तथा काँग्रेसका उम्मेद्वार शेरबहादुर देउवाको चुनावी प्रचारप्रसारका लागि डडेल्धुरा पुगेकी आरजुले हेलिक्पटर चढेर आउन सक्नेलाई भोट दिन आग्रह गरेकी छन्।

शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दै डा.आरजुले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन।

‘यो गाउँ–ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र समृद्धि हुने’ उनले भनेकी छिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई छान्नुस। नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जितानुस्।’

 


प्रतिक्रिया दिनुहोस्