देउवा घर पुगेपछि गाउँमा खसी ढल्न थाले, सागर ढकालले गराए आयोगको ध्यानाकर्षण

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : २५


काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति यतिखेर गृहजिल्ला डडेल्धुरामा छन्। आफ्नो चुनावी प्रचारप्रसारका लागि उनी आफ्नो जन्मगाउँ गएका हुन।

प्रधानमन्त्री देउवा डडेल्धुरा पुग्दा प्रतिस्पर्धी उम्मेद्वार सागर ढकाल भने उनको स्वागतका लागि लाइनमा बसेको तस्विर सामाजिक सञ्जालमा भाइरल बन्यो ।

उनै सागर ढकालले प्रधानमन्त्री देउवाको चुनावी खर्चबारे प्रतिस्पर्धी सागर ढकालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

ढकालले शुक्रबार आयोगलाई पठाएको निवेदनमा देउवाको खर्च अनुगमन गर्न मागसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्