डा.तोसिमाको उम्मेदवारी खारेज गर्न आयोगले सर्वोच्चमा चढायो निवेदन

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : १२


निर्वाचन आयोगले डा.तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ। आयोगले आज निवेदन दर्ता गराएको छ।

आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश खारेजीको माग गरेको छ। लाभको पदमा बसेर उनले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो।

मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निक्र्यौेलका लागि कार्कीले आयोगमा भदौ २८ गते निवेदन दिएकी थिइन्।

आयोगले त्यस निवेदनमाथि कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै उनी सर्वोच्च पुगेकी हुन्।


प्रतिक्रिया दिनुहोस्