निहारिका राजपूत घटना: शिवराजसँग मिल्यो छोराको डिएनए

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : २६


‘कुमारी आमा’ उपनामले चिनिएकी निहारिका राजपुतका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मेल खाएको छ।

निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनका छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ।

डीएनए परीक्षण म्याच नहुँदाको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपअन्तर्गत सजायको माग गर्दै उनी अनशन बसेकी थिइन्।

निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्