किन कारागार चलान भए सन्दीप? अदालतले दियो कारण (आदेशसहित)

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : २५


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने पूर्पक्षका लागि जेल चलान भएका छन्।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्धामा सुनुवाई गर्दै अदालतले यस्तो फैसला गरेको हो।

न्यायायधीश माधवप्रसाद घिमिरेको इजलासले शुक्रबार थुनछेक बहस सकिएपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

आदेशलगत्तै उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ। अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म सन्दीप कारागारमै रहनेछन्।

 


प्रतिक्रिया दिनुहोस्