सिंहदरबार अगाडि बाटो काट्दै गर्दा बाइकको ठक्कर, सरकारी अधिकृतको मृत्यु

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : ०५


काठमाडौंको सिंहदरबार अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको निधन भएको छ। बाटो क्रस गर्नेक्रममा ती महिलालाई बाइकले ठक्कर दिएको थियो।

मृत्यु हुनेमा परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बा रहेकी छन्।

सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले हिजो दिउसो ठक्कर दिएको थियो। तत्काल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।

मृतक सुब्बाका पति र नाबालक छोरा छन्। सुब्बा मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन्।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्