बाथरुममा गिजरबाट नुहाउँदा युवतीको मृत्यु

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : १६


काठमाडौं । बाथरुममा गिजरबाट नुहाउँदा फेरि एक युवतीको कलिलै उमेरमा निधन भएको छ।

गिजरबाट नहुाउनेक्रममा करेन्ट लागेर सिन्धुपाल्चोलकको भोटेकोसी गाउँपालिका-५ की २४ बर्षीया सम्झना कार्कीको बिहिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

इलेक्ट्रिक गिजरबाट नुहाउँदा करेन्ट लागेर उनको निधन भएको हो। बाथरुममा ग्यास गिजरको प्रयोग गर्दा बाफ नजम्ने गरि झ्यालबाट बाफ जानेगरि नुहाउन चिकित्सकले सल्लाह दिँदै आएका छन्।

तर, सावधानी नअपनाउँदा यहि कारण बर्सेनी धेरैको ज्यान जाने गरेको छ। जाडो मौसममा धेरैले गिजरको प्रयोग गर्ने गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्