भोट माग्नेलाई लखेट्ने चेतावनीपछि विप्लव समूहमाथि निगरानी, एक केन्द्रीय सदस्य पक्राउ

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ०९


काठमाडौं । मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पत्रकार सम्मेलन नै गरेर आगामी चुनाव बहिष्कार गर्ने घोषणा गर्यो।

विप्लव नेकपाले पत्रकार सम्मेलन नै गरेर मंसिर ४ गतेको चुनाव विथोल्नो सार्वजनिक घोषणा गरेपछि प्रहरीले सो समूहमाथि निगरानी बढाएको छ।

यसैबीच, विप्लव नेकपाका एक ठूला नेता पक्राउ परेका छन्। नेकपा केन्द्रीय सदस्य तथा नवलपुररनवलपरासी इन्चार्ज सरद वलीलाई संशस्त्र प्रहरीले नवलपुरको मध्यपुर नगरपालिका बशन्तपुर बाट पक्राउ गरेको छ।

उनी संगै नवलपुर सेक्रेटरी सुमन र अर्जुनलाई समेत गिरफ्तार गरेको बताइएको छन।

 


प्रतिक्रिया दिनुहोस्