पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : ०५


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।

उनीमाथि पूर्वी सहर लाहोरमा विरोध र्‍यालीका क्रममा गोली प्रहार भएको हो।

खान गोली लागेर घाइते भएको बताइएको छ। उनको दल पीटीआईका सदस्यहरूले अन्य थप चारजना घाइते भएको बताएका छन्।

गोली प्रहारबाट घाइते भएका खानको खुट्टामा चोट लागेको छ। उनलाई अस्पताल भर्ना गरिएको छ।


प्रतिक्रिया दिनुहोस्