काठमाडौंको नागार्जुन नगरपालिकामा भोलि सार्वजनिक बिदा

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : ०१


हरिबोधिनी एकादशीको उपलक्ष्यमा भोलि नागार्जुन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

काठमाडौंका चार नारायणमध्ये सो क्षेत्रमा रहेको इचंगु नारायणमा मेला लाग्ने भएकाले नगर क्षेत्रका सरकारी कार्यालय बन्द हुन लागेको हो।

आज जारी सूचनामा भनिएको छ, ‘नागार्जुन नगरपालिकाको कार्यालय,सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्थाहरु,विद्यालय तथा मातहतका कार्यालयहरुसमेत बन्द हुने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ।’


प्रतिक्रिया दिनुहोस्