सन्दीप विरुद्धको मुद्धा आज पनि हेर्दाहेर्दैमा

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ५ : ४८


राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछाने विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको बहस भोलिका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। उक्त मुद्दामा हिजोदेखि थुनछेक बहश शुरु भएको थियो।

उमेर नपुगेकी किशोरीलाई करणी गरेको अभियोग लागेका सन्दिपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

अस्ति सोमबार नै काठमाडौं जिल्ला अदालतमा उनीविरुध्द जबरजस्ती करणीको मुद्दा दायर भएको हो।


प्रतिक्रिया दिनुहोस्