मुकुन्द घिमिरे ‘मुकुन्दे’ बने पिता

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ३ : ५७


मुकुन्द घिमिरे उर्फ मुकुन्दे पिता बनेका छन्। उनकी पत्नी इन्दीरा संग्रौलाले पुत्रीलाई जन्मदिएकी छन्।

चितवनको भरतपुर अस्पतालमा अप्रेसनबाट बच्चालाई जन्म दिइएको हो। मुकुन्देले गतबर्ष झापाकी संग्रौलासँग बिहे गरेका थिए।

कुनै समय रत्नपार्कमा भाषण गरेर चर्चामा आइरहने घिमिरे पछिल्लो समय सामाजिक सञ्जालमा निकै नै सक्रिय छन्। उनी बेलाबेला विवादमा समेत आइरहन्छन्।


प्रतिक्रिया दिनुहोस्