प्रधानमन्त्री देउवाको स्वागतमा सागर ढकाल आएपछि..

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ३ : १८


काठमाडौं । बिहीबार डडेलधुराबाट चुनावी अभियान सुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १२ बजे डडेलधुरा आइपुग्ने कार्यक्रम तय थियो।

एक घण्टाअघि नै उनीसँग चुनावी प्रतिस्पर्धा गरिरहेका गुल्मीका युवक सागर ढकाल बसपार्कमा उनको स्वागतका लागि माला बोकेर उभिएका छन्।

प्रतिस्पर्धी उम्मेद्वारको स्वागत गर्न ढकाल आइपुगेपछि अहिले उनी हातमा माला बोकेर लाइनमा बसिरहेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

 


प्रतिक्रिया दिनुहोस्