सन्दीप छुट्छन की थुनिन्छन्? सम्भवत: आजै आदेश आउने

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : २६


काठमाडौं । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने दोषी ठहर हुन्छन् या छुट्लान धेरैलाई जिज्ञासा छ।

लामिछाने विरुद्धको मुद्दामा आज थुनछेक बहस हुने छ। सन्दीपको पक्षबाट आज वरिष्ठ अभिवक्ताद्धय शम्भु थापा र रमण श्रेष्ठाले बहस गर्ने छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजो भएको थुनछेक बहस नसकिएपछि आज फेरि बहस हुन लागेको हो। हिजो सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए।

सन्दिपको तर्फबाट पनि दुई जना कानुन व्यवसायीले बहस गरे। प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। सो को भोलिपल्ट सन्दिपको बयान गराइयो ।

बहस सकिएपछि अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दिपलाई थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमध्ये एउटा आदेश जारी गर्नेछ।


प्रतिक्रिया दिनुहोस्